उच्चस्तरीय समितिको बैठक बस्दै, प्रधानमन्त्री पनि सहभागी हुने
काठमाडौं । कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक मंगलबार पनि बस्दैछ।
लकडाउनको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्न समितिको बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्न लागेको हो। उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन्। लकडाउन लम्बिँदै गर्दा संकटपूर्ण अवस्था उत्पन्न भइरहेको अवस्थामा प्रधानमन्त्री ओली पनि बैठकमा सहभागी भएर छलफल गर्ने भएका हुन्।
प्रधानमन्त्रीले पनि लकडाउनको अहिलेसम्मको अवस्थाबारेमा धारणा राखेपछि सरकारले थप निर्णय गर्ने भएको छ। लकडाउनको म्याद सकिँदै गर्दा कोरोना संक्रमितको संख्या अचानक थपिएपछि लकडाउनको पनि म्याद थप्ने तयारी सरकारले गरेको छ। स्वास्थ्य क्षेत्रका विज्ञहरुले सरकारलाई तत्काल लकडाउन खुकुलो नपार्न सुझाव दिएका छन्। सरकारले लकडाउनको मोडालिटीमा परिवर्तन गर्दै रेड, एल्लो र ग्रिन जोन घोषणाको तयारी गरेको छ।
जसअनुसार कोरोना फैलिएको क्षेत्रलाई रेड जोनमा राखिने छ भने रेड जोनको सीमा क्षेत्रलाई एल्लो जोनमा राखिनेछ। कोरोना नदेखिएका र हालसम्म सुरक्षित मानिएका क्षेत्रलाई ग्रीन जोनमा राखेर त्यही अनुसार लकडाउन खुकुलो बनाइने भएको छ। यसअघि काठमाडौं उपत्यकामा लकडाउनलाई केही खुकुलो बनाउने सरकारको मनिस्थिति रहे पनि जोखिम बढ्ने देखिएपछि तत्काललाई लकडाउन थप कडा बनाएर कार्यान्वयन गर्न सरकारमाथि दबाब बढेको छ।
चौथो पटक थप गरेको लकडाउनको म्याद पर्सि २५ गते सकिँदैछ। हिजोको बैठकले लकडाउनका विषयमा आन्तरिक गृहकार्यबारे छलफल गरेको र आजको बैठकले लकडाउनको मोडालिटीका विषयमा मस्यौदा तयार गरी सरकारलाई दिने उच्चस्तरीय समन्वय समितिका सदस्यसचिव समेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण विडारीले बताए। उच्चस्तरीय समितिले गृह, अर्थ र स्वास्थ्य मन्त्रालयलाई लकडाउनको खाका तयार गर्न निर्देशन पनि दिएको छ। मन्त्रालयहरुले पेश गर्ने खाकाको आधारमा समितिले मन्त्रिपरिषदमा सुझाव पेश गर्ने बताइएको छ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...