ताजा समाचार

प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्।

प्रचण्ड निवास खुमलटारमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो।

स्रोतका अनुसार उपाध्यक्ष गौतमले आफू प्रधानमन्त्री ओलीको कित्तामा गइनसकेको बताएका थिए।

गत शनिबार बसेको सचिवालय बैठकले उपयुक्त समयमा प्रतिनिधि सभामा ल्याउने भने पनि गौतम भने विश्वस्त हुन सकेका छैनन्।

‘उपयुक्त समय भनेको अर्को आम निर्वाचन हो भन्ने उहाँको बुझाइ छ,’वामदेव निकट स्रोतले भन्यो,’उहाँलाई यही कार्यकालको यति समयमा प्रतिनिधि सभामा ल्याइनेछ भनेको भए मात्रै त्यो विशिष्ट खालको निर्णय हुन्थ्यो।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org