ताजा समाचार

तत्काल बैठक बोलाउन माग गर्दै स्थायी कमिटी नेताले भेटे प्रचण्ड

काठमाडौं । नेकपा स्थायी कमिटी बैठक ततकाल बोलाउन माग गर्दै असन्तुष्ट नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड भेटेका छन्।

विहिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराही २० स्थायी कमिटी नेताहरुले बैठकमा तय गरेका एजेण्डा अध्यक्ष प्रचण्डलाई भेटेर समावेश गर्न सुझाव दिएका छन् ।

बिहीबार तोकिएको स्थायी कमिटी रोकिएकोमा असन्तुष्ट जनाउँदै धुम्बाराहीबाट नेताहरु जनार्दन शर्मा, भिम रावल, हरिबोल गजुरेल र रघुजी पन्त लगायत नेताहरु सिधै प्रचण्ड निवास खुमलटार पुगेका थिए।

असन्तुष्ट नेताहरुले कोरोना महामारीमा सरकारले गरेको राम्रा नराम्रा पक्ष,विदेशमा रोकिएका नेपालीलाई उद्धार, विवादित , अध्यादेश, सरकारले गरेका अनियमितता र एक व्यक्ति एक पदका एजेण्डाहरु स्थायी कमिटीमा पेश गर्नुपर्ने सुझाव दिएका एक प्रभाशाली स्थायी कमिटी सदस्यले बताए । ‘हामीले स्थायी कमिटी बैठकको माग गरेका थियौ । बैठकको मिति तोकिएपनि स्थागित भयो,’ एक प्रभाशाली स्थायी कमिटी सदस्यले भने, ‘बैठक किन स्थगित भयो भन्ने वारेमा अध्यक्ष प्रचण्डलाई सोध्यौ । तत्काल स्थायी कमिटी बैठक बोलाउर हामीले राखेका एजेण्डा समावेश हुनुपर्छ भन्यौं।’

अध्यक्ष प्रचण्डले असन्तुष्ट स्थायी कमिटी सदस्यहरुले राखेका एजेण्डाहरु समावेश गर्ने आस्वासन दिएको ति सदस्यले बताए ।

पार्टीमा विवाद बढ्दै गएपछि वैशाख १० गते २० स्थायी कमिटी सदस्यले अध्यक्ष ओली प्रचण्डलाई पत्र लेखेर तत्काल बैठक बोलाउन माग गरेका थिए । बैठक बोलाउन एकपटि अर्को दबाब बढ्दै गएपछि विहिबारका लागि स्थायी कमिटी बैठक बोलाएको थियो ।

बुधबार बसेको सचिवालय बैठकमा स्थायी कमिटीमा पेश गर्ने एजेण्डाका विषयमा विवाद भएपछि अध्यक्ष ओली बैठक हल छोडेर बाहिर निस्किएका थिए । स्थायी कमिटी बैठकमा पेश गर्ने एजेण्डाका विषयमा ओली समुह र प्रचण्ड नेपाल समुहवीच विवाद कायमै छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org