ताजा समाचार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू

काठमाडाैँ । नीति तथा कार्यक्रमबारे छलफल गर्न मन्त्रिपरिषदको बैठक सुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यस वर्षको नीति तथा कार्यक्रमको विषयमा छलफल हुने बताइएको छ।

सरकारले जेठ २ गते नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद बैठक बस्ने नियमति समय सोमबार हो। तर हिजो बैठक नबसेकाले आज बैठक बोलाइएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org