ताजा समाचार

नेकपाले बोलायो स्थायी कमिटीको बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटी बैठक बोलाएको छ ।

स्थायी कमिटी बैठक बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको एक स्थायी कमिटी सदस्यले बताए ।

स्थायी कमिटी बैठक गत बिहीबारका लागि तय भएको थियो । सचिवालय बैठकमा शीर्ष नेताहरूबीच मतैक्य हुन नसकेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बीचमै उठेर हिँडेका थिए ।

सचिवालय बैठक निष्कर्षविहीन भएपछि दुई अध्यक्ष, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक स्थगित गर्ने समझदारी गरेका थिए ।

पार्टीभित्रको अन्तरविरोध संसदमा प्रवेश खतरा बढेपछि नेकपाले स्थायी कमिटी बैठक राख्न लागेको छ ।

स्थायी कमिटीको बैठकको माग गर्दै २० जना सदस्यले हस्ताक्षर गरेर अध्यक्षद्वयलाई पत्र बुझाएका थिए । बैठक स्थगित भएपछि असन्तुष्ट पक्षले प्रचण्डलाई भेटेर ध्यानाकर्षण पनि गराएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org