ताजा समाचार

सीमा समस्या समाधान गर्ने भए जनतालाई साथमा लिनुपर्‍यो

काठमाडौं । नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेको विषय मुलुकभर चर्किएपछि सरकारले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतलाई छलफलमा बोलाएका हुन् ।
छलफलमा लिपुलेकमा भारतले गरेको हस्तक्षेपमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनी छलफलमा आफ्ना धारणा राखेर बाहिरिएका छन् । उनले सीमा समस्याका सम्बन्धमा सरकारले अहिलेसम्म जनतालाई गुमराहमा राखेको बताएका थिए ।

बैठकमा राखेका धारणा सुनाउँदै भने, “सीमा समस्या समाधानका लागि सरकारले अहिलेसम्म के गर्‍यो ? जनतालाई किन गुमराहमा राखिएको छ ? सीमा समस्या समाधान गर्ने हो भने जनतालाई साथमा लिएर जानुपर्‍यो । सरकारको कमी भयो भनेर मैले आफ्ना धारणा राखेँ ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org