लिपुलेक हाम्रो हो, चीन र भारतसँग वार्ता गरी समाधान गर्नुपर्छ : देउवा
काठमाडौं ।नेपालीका कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारत र चीन दुवै देशसँग वार्ता गरी सीमा समस्याको समाधान खोज्न सरकारलाई सुझाव दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवाले सरकारले नेपाली भूमि विवादित नभएको, भारतले अतिक्रमण गरेको प्रष्ट पार्दै तत्काल भारतीय सेना फिर्ता पठाउन पहल गर्नुपर्ने बताएका छन् ।
उनले बैठकबाट बाहिर निस्किएर सञ्चारकर्मीसँग कुरा गर्दै भने, “काली नदी वारीको भूभाग नेपालकै हो । तथ्य र प्रमाणहरु संकलन गरेर अतिक्रमित भूमि फिर्ता गराउनुपर्छ । त्यहाँ पहिलेदेखि बस्दै आएको भारतीय सेना तत्काल फिर्ता पठाउन पनि सरकारले पहल गर्नुपर्छ ।”
त्यसैगरी सभापति देउवाले लिपुलेकमा नेपाललाई बाहिर राखेर भारत-चीनबीच व्यापरिक नाका बनाउने सम्झौता भएकोमा चीन र भारत दुबैसँग संवादमार्फत यो समस्या समाधान गर्नुपर्ने सुझाव सरकारलाई दिएका छन् ।
उनले भने, “सरकारले लिपुलेकका विषयमा चीन र भारत दुबैलाई राखेर संवादमार्फत समस्या समाधान गर्नुपर्छ ।”
‘विदेशमा रहेका नेपालीलाई फिर्ता ल्याऊँ’
कांग्रेसका सभापति देउवाले नोभेल कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले विदेशमा अलपत्र परेका नेपालीहरुलाई तत्काल स्वदेश फिर्ता गराउन सरकालाई आग्रह गरेका छन् ।
बैठकबाट बाहिर निस्किएका कांग्रेस सभापति देउवाले सञ्चारकर्मीसँग कुरा गर्दै भने, “लाखौं नेपालीहरु विदेशमा छन् । त्यहाँ कोरोना संक्रमणबो दर बढिरहेको छ भने लाखौंको रोजगारी गुमेको अवस्था छ । त्यहाँ नेपालीहरु रोजगारी गुमेका कारण अलपत्र परेका छन् । विदेशमा अलपत्र परेका सबै नागरिकलाई तत्काल स्वदेश ल्याएर क्वारेन्टाइनमा राखिनुपर्छ ।”
उनले नेपालीहरुलाई फिर्ता गरेर स्वदेशमै काममा लगाउने उपयुक्त अवसर भएकोसमेत बताएका छन् ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...