ताजा समाचार

लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नक्सा जारी गरिनेछ: राष्ट्रपति

काठमाडाैँ । राष्ट्रपति विद्यादवी भण्डारीले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नक्सा जारी गरिने बताएकी छन्।

सरकारको आर्थिक वर्ष २०७७/०७८  को नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र फिर्ता ल्याउन कूटनीतिक पहल गरिने बताइन्।

‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि हो। यो भूमि फिर्ता ल्याउन ठोस कूटनीतिक पहल गरिनेछ,’ राष्ट्रपति भण्डारीले भनिन्,‘ लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरिनेछ।’

पछिल्लो समय भारतीय पक्षले कालापानी क्षेत्रको नेपाली भूमिमा  सडक बनाएपछि नेपालमा चर्को विरोध भइरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org