सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गर्नेभन्दा दुई पक्षीय वार्ताबाट समाधान खोज्छौं: सरकारका प्रवक्ता
काठमाडाैँ । सरकारले भारतसँगको सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गर्ने योजना नरहेको बताएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सोधिएको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता अर्थ र सञ्चार मन्त्री युवराज खतिवडाले सुरूमा दुई पक्षीय वार्ताबाट समस्या समाधानको प्रयास गरिने बताए।
‘हामीले नक्सा जारी गरेका छौं। त्योसँग सम्बन्धित विवाद हुने विषय अहिले नै अन्तर्राष्ट्रियकरण गर्नेबारे सोचेका छैनौं,’ मन्त्री खतिवडाले भने,‘अहिले हामीले मित्र राष्ट्रसँग वार्ता गरेर समाधान खोज्ने हो। कूटनीतिक तवरबाट समाधान ननिस्किए त्यसपछि अरू के गर्ने भन्ने कुरा हुन्छ।’
पछिल्लो समय कालापानी क्षेत्रलाई लिएर नेपाल-भारतबीच तीव्र मदभेद देखिएको छ।
केही साताअघि भारतले कालापानी क्षेत्रमा सडक उद्घाटन गरेपछि नेपालले बुधबार उक्त क्षेत्र समेटेर आफ्नो नयाँ नक्सा जारी गरेको छ।
मन्त्री खतिवडाले नयाँ नक्सा कार्यान्वयनका लागि संविधानको अनुसूचीमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव संसदमा लैजाने निर्णय पनि आजको मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिए।
Comments
अरु समाचार
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...
-
अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ:अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन...
-
सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने
काठमाडौं । सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय...
-
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका...
-
संसद् बैठक अपरान्ह ४ बजेसम्मलाई सारियो
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ ।सभामुख देवराज घिमिरेले कांग्रेससँग...
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने भएका छन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा...
-
आज ३१ औं मदन–आश्रित स्मृति दिवस मनाइँदै
काठमाडौं । नेकपा (एमाले)ले आज बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औँ स्मृति दिवस मनाउँदैछ । एमालेका तत्कालीन...