चीनले विकास गरेको खोप कोरोना रोक्न सफलः अनुसन्धानकर्ता
काठमाडाैँ । चीनले बनाएको खोप कोरोना भाइरसको संक्रमण रोक्न सफल देखिएको अनुसन्धानकर्ताले दाबी गरेका छन्।
द ल्यानसेट जर्नलका अनुसार अनुसन्धानकर्ताले शुक्रबार सार्वजनिक गरेको पहिलो चरणको परीक्षण प्रतिवेदनले यो खोपले २ हप्ताभित्रै मानिसमा भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता वृद्धि गरेको देखाएको हो।
चीनका विभिन्न प्रयोगशालाका अनुसन्धानकर्ता मिलेर पहिलो चरणको परीक्षणअन्तर्गत १८ देखि ६० वर्षसम्मका १ सय ८ जनालाई यो खोप लगाएका थिए। जसको नतिजा अत्यन्तै प्रभावकारी आएको ल्यानसेटमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार खोपको एक डोज मात्रै दिइएका व्यक्तिको शरीरमा दुई हप्ताभित्रै टी सेल्स नाम गरेको रोग प्रतिरोधात्मक कोषिका बनेको पाइएको छ। खोप दिइएको २८ दिनमै मानिसमा प्रतिरोधात्मक क्षमताका लागि आवश्यक एन्टिबडी उच्च तहमा पुगेको पाइएकाे ल्यानसेटमा लेखिएकाे छ।
बोस्टनस्थित बेथ इजरायल डिकोनेस मेडिकल सेन्टरका डा. डान बारोउचले यो अति सकारात्मक नतिजा भएको तर अझै अनुसन्धानको खाँचो रहेको बताएका छन्। उनले भनेका छन्, ‘यो नतिजा प्रारम्भिक मात्रै हो। तर नतिजा अति सकारात्मक देखिएको छ।’
यसरी पहिलो नतिजाले नै यो खोप कोरोना भाइरसको संक्रमणबाट मानिसलाई जोगाउन सफल र सुरक्षितसमेत देखिएको दाबी अनुसन्धानकर्ताले गरेकाे द न्युयाेर्क टाइम्सले लेखेकाे छ।
चीनको बेइजिङस्थित सिनोवाक बायोटेक कम्पनीले उत्पादन गरेकाे यो खोप एडी-५ नामक भाइरसबाट बनाइएको वैज्ञानिकले बताएका छन्।
मानिसलाई लगाउनुअघि यो खोप डा. डान बारोउचसहितको टोलीले बाँदरमा परीक्षण गरेको थियो। यो खोप लगाएपछि बाँदरमा कोरोना भाइरस संक्रमण नभएको देखिएको थियो।
अहिले कोरोना भाइरसविरुद्ध खोप विकास गर्न विभिन्न देशका वैज्ञानिकबीच होडबाजी नै चलिरहेको छ।
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
जापानकी विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडाैँ । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको...
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...