चीनको लान्झोउबाट नेपालतर्फ हिंड्यो ३९० टन सामान बोकेको मालबाहक रेल
काठमाडाैँ । नेपाल र भारतबीच सीमा विवादले तनाव बढेका बेला चीनको लान्झोउबाट ३९० टन सामग्री बोकेको मालबाहक रेल शुक्रबार नेपालतर्फ छुटेको छ।
नेपाल र चीनबीच अघिल्लो वर्ष हिमालयपार व्यापार तथा पारबहन सम्झौता भएपछि परिक्षणका रुपमा लान्झोउ अन्तर्राष्ट्रिय सुख्खा बन्दरगाहबाट पहिलोपटक मालबाहक रेल नेपालतर्फ प्रस्थान गरेको हो।
चिनियाँ सञ्चार माध्यमहरूले जनाएअनुसार शुक्रबार लान्झोउबाट हिंडेको रेल तिब्बतको सिगात्सेसम्म आउने छ, जहाँबाट सडकमार्ग भएर ट्रकमा ती सामग्री काठमाडौं ल्याउने तयारी छ।
मध्य चीनको गान्सु प्रान्तस्थित लान्झोउ सुख्खा बन्दरगाह नेपालले प्रयोग गर्न पाउने गरी सम्झौता गरिएका चीनका सात समुद्री र सुख्खा बन्दरगाहमध्ये एक हो।
‘लान्झोउबाट छुटेको यो रेल चीन–दक्षिण एसिया अन्तर्राष्ट्रिय रेलसेवा अन्तर्गतको पहिलो मालबाहक रेल हो’, चीनको सरकारी सञ्चार माध्यम चाइना न्यूजले शनिबार लेखेको छ, ‘जुन रेलले तिब्बतको सिगात्सेसम्म सामग्री पुर्याएपछि त्यहाँदेखि सडकमार्गबाट काठमाडौं पुर्याइने छ। यसका लागि करिब १० दिन लाग्ने छ, जसबाट पहिलेको समुद्री मार्ग (कलकत्ता) बाट ढुवानी हुने समयमा ३५ दिन बचत हुनेछ।’
मालबाहक रेल २६ व्यापारिक समूहका १३ लाख अमेरिकी डलर (करिब १६ करोड रुपैयाँ) बराबरको ३९० टनभन्दा बढी सामग्री बोकेर हिंडेको हो, जसमा कपडा, जुत्ता, अटो पार्टस् र निर्माण सामग्री छन्। सिगात्सेबाट सडकमार्ग हुँदै ती सामग्री केरुङ र तातोपानीबाट नेपाल भित्र्याउने तयारी छ।
पाँच वर्षअघि भारतले नेपालमाथि आर्थिक नाकाबन्दी गरेसँगै नेपालले चीनबाट पनि अन्तर्राष्ट्रिय व्यापार गर्न ढोका खोलेपछिको यो रेल ढुवानी पहिलो मानिएको छ। अन्तर्राष्ट्रिय व्यापारमा भारतसँगको निर्भरता तोड्ने प्रयास अन्तर्गत चीनका समुद्री र सुख्खा बन्दरगाह भएर तेस्रो देशसँग व्यापार गर्न नेपालले अघिल्लो वर्ष हिमालयपार व्यापार तथा पारबहन सम्झौता गरेको थियो।
गान्सुको लान्झोउ सुख्खा बन्दरगाह चीनका दश ठूला व्यापार केन्द्र मध्येको एक हो, जुन चीनको बीआरआई परियोजना अन्तर्गत पश्चिम क्षेत्रको एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय ट्रान्जिट मानिन्छ।
चार वर्षअघि सन् २०१६ को मे ११ मा लान्झोउबाट पहिलो पटक मालबाहक रेल नेपालको समग्री बोकेर सिगात्से आएको थियो। त्यो नै चीन– दक्षिण एसिया मालबाहक रेल ढुवानीको उद्घाटन थियो। त्यसयता यो बन्दरगाह र रेल सञ्चालनको गुणस्तर र क्षमता निकै विकास गरिएको चाइना न्यूजले जनाएको छ।
Comments
अरु समाचार
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...