ताजा समाचार

एमसीसीबारे निर्णय गर्न नेकपा सचिवालय बैठक आज अपराह्न बस्दै

काठमाडाैँ । एमसीसीबारे निर्णय गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (आइतबार) बस्दै छ।

बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न बस्ने नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए।

‘अरू एजेन्डा तय गरेका छैनौं, एमसीसीबारे छलफल हुन्छ,’ पौडेलले भने।

लामो समयदेखि एमसीसी पारित गर्न नहुने भन्दै नेकपाभित्र आवाज उठेको छ। यसअघि जेठ १७ गते नेकपा सचिवालय बैठक बसेको थियो।

पछिल्लो समय एमसीसीमा रहेका प्रावधान संशोधन नगरी कुनै हालतमा पारित नगर्ने अडान नेताहरूले लिएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org