ताजा समाचार

विद्युत महसुलको नयाँ दर निर्धारण, मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क

काठमाडौँ । विद्युत महसुलको नयाँ दर निर्धारण भएको छ ।

विद्युत नियमन आयेगले असारदेखि नै लागु हुने गरी नयाँ दर निर्धारण गरेको हो । ५ एम्पियरको लाइन जोड्नेले डिमाण्ड शुल्क बाहेक अरु तिर्नुपर्दैन् । यसको डिमाण्ड शुल्क ३० रुपैयाँ तोकिएको छ । मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क गरिएको छ । यस्तै १५ एम्पियरको लाइन जोड्नेलाई न्युनतम डिमाण्ड शुल्क ५० रुपैयाँ तोकिएको छ ।

१० युनिटसम्म खपत गर्नेले प्रतियुनिट ४ रुपैयाँ तिर्नुपर्नेछ । यस्तै ३० एम्पियरको लाइन जडान गर्नेले डिमाण्ड शुल्क ७५ रुपैयाँ र १० युनिटसम्म खपत गर्नेले प्रतियुनिट ५ रुपैयाँ तिर्नुपर्नेछ ।

यस्तै ६० एम्पियरको लाइन जडान गर्नेले डिमाण्ड शुल्क १२५ रुपैयाँ र १० युनिटसम्म खपत गर्नेलाई प्रतियुनीट ६ रुपैयाँ तोकिएको छ ।

यस्तै ५ एम्पियर, १५ एम्पियर, ६० एम्पियर लाइन जडान गरी ४०० युनिटसम्म र सो भन्दा माथि विद्युत खपत गर्नेलाई फरक फरक दर तोकिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org