ताजा समाचार

हामी शान्ति चाहन्छाैँ तर कसैले उक्साए जवाफ दिन्छाैँः प्रधानमन्त्री मोदी

काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनलाई चेतावनी दिँदै आफ्नो मुलुक शान्ति चाहने तर कसैले उक्साए उचित जवाफ दिन सक्षम रहेको बताएका छन्।

लद्दाखमा चिनियाँ सेनासँगको झडपमा २० सैनिक मोदीले पहिलो पटक मुख खोलेका हुन्। सोमबार साँझको झडपमा ती सैनिक मारिएका थिए।

१५ राज्यका मुख्यमन्त्रीसँग भर्चुअल बैठकको सुरुवातमा यस विषयमा बोल्दै मोदीले सैनिकहरुको बलिदान खेर नजाने बताए।

‘म देशलाई आश्वस्त पार्न चाहान्छु जवानहरुको बलिदान खेर जाने छैन, म यो कुरामा पूरै देशलाई आश्वस्त पार्न चाहन्छु,’ उनले भने, ‘हाम्रा लागि मुलुकको एकता र सार्वभौमिकता सबैभन्दा महत्वपूर्ण छ।’

‘भारत शान्ति चाहान्छ तर कसैले उक्साए हामी त्यसको जवाफ दिन सक्षम छ,’ उनले थपे।

उनले मृत सैनिकप्रति श्रद्धाञ्जलि दिँदै आफ्ना सैनिक मार्दामार्दै मरेको बताए।

सो बैठकमा गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंह पनि उपस्थित थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org