ताजा समाचार

झन् बढ्दै कोरोना संक्रमण, विश्वमा एकदिनमा थपिए अहिलेसम्मकै बढी संक्रमितः डब्लूएचओ

काठमाडाैँ । कोरोना संक्रमण झन् बढ्दै गएको पाइएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वमा अहिलेसम्मकै बढी एकदिनमै ८३ हजार जनामा संक्रमण पुष्टि भएको हो।

यो बितेको २४ घण्टाको तथ्यांक हो। तीमध्ये ६० प्रतिशत संक्रमित त दक्षिण अमेरिकाको मात्रै हो। विश्वमा अहिले यसबाट अमेरिका नै सबैभन्दा पीडितमा परेको छ।

डब्लूएचओको तथ्यांकअनुसार त्यहाँ अहिलेसम्म २२ लाख ७९ हजार संक्रमित भइसकेका छन् भने तीमध्ये २ लाख २० हजारभन्दा बढी बिरामीकाे मृत्यु भइसकेकाे छ।

यसपछि ब्राजिल पीडित बनेको छ, जहाँ ११ लाख संक्रमति भएका छन् भने ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

डब्लूएचओको तथ्यांकअनुसार विश्वभर संक्रमितको संख्या ८९ लाखभन्दा बढी पुगेको छ भने ६७ लाखभन्दा बढीको मृत्यु भइसकेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org