ताजा समाचार

राजनीतिक परामर्शका लागि भन्दै एकाविहानै प्रधानमन्त्रीले बोलाए सबै मन्त्रीलाई बालुवाटार

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि सबै मन्त्रीलाई बालुवाटार बाेलाएका छन् ।

यद्यपि, याे मन्त्रिपरिषद् बैठक नभएकाे उनका सहयाेगीहरूले बताएका छन् । राजनीतिक परामर्शका लागि भन्दै बिहान ८ बजे बस्ने गरी ओलीले सबै मन्त्रीलाई बालुवाटार बाेलाएका एक मन्त्रीले जानकारी दिए ।

सत्तारूढ नेकपाका स्थायी कमिटी सदस्यहरूले प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै आएका छन् ।

पार्टी र सरकार सही ढंगले चलाउन नसकेको, पार्टीभित्रको अन्तरविरोधलाई भारतसँग जोडेको भन्दै सचिवालय तथा स्थायी कमिटीका कतिपय सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आएका छन् ।

यही बेला प्रधानमन्त्रीले आकस्मिक छलफलका लागि सबै मन्त्रीलाई बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org