ताजा समाचार

नेकपा स्थायी कमिटी बैठक ७ दिनका लागि स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक ७ दिनका लागि स्थगित भएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित भएको छ ।

“ देशभर भैरहेको अतिवृष्टि र सिन्धुपाल्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण  पार्टीपंक्तिलाई उद्धार एवम् राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केकाको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित,” उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org