ताजा समाचार

३३ किलो सुन प्रकरण : रेड नोटिस जारी भएका हरिशरण पक्राउ

काठमाडौं ।  ३३ किलो सुन गायव प्रकरणमा जोडिएको आरोप लागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको विशेष टोलीले त्रिभुवन विमानस्थलबाट हरिशरण खड्कालाई पक्राउ गरेको हो।

स्रोतका अनुसार पासपोर्ट नम्बर १००६६५९५ नम्बरका खड्कालाई दुबईबाट काठमाडौं आएलगतै अध्यागमनमै पक्राउ गरिएको हो।

२०७४ माघको पहिलो सातामा दुबईबाट तस्करी गरेर ल्याइएको ३३ किलो सुन विमानस्थलबाट बाहिरिएसँगै गायव भएको थियो। उक्त सुन चुडामणि उप्रेती भनिने गोरको समूहले ल्याएको थियो। हाल उनी जेलमा छन्।

पक्राउ परेका खड्का विरुद्ध रेड नोटिस जारी भएको थियो। उक्त सुन काण्डमा सनम शाक्यको ज्यान गएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org