‘मैले लगाएको पुरानो थोत्रो जकेटले प्रचण्डलाई लज्जाबोध भएछ क्यारे!
काठमाडौं । पूर्व मन्त्री एवम् तत्कालीन नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र विष्टमगरले आफूलाई खान-लाउन र चल्न नजान्ने भन्दै पार्टीका शीर्ष नेताहरूले हेपेको बताएका छन्।
विद्युतीय सामाजिक सञ्जाल फेसबुकमा उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता बाबुराम भट्टराईले आफूमाथि पोखरा विमानस्थलमा गरेको व्यवहारबारे उल्लेख गरेका हुन्। ‘मेरो आदर्श स्खलित भएको दिन!’ शीर्षक राखेर उनले लेखको स्टाटसमा एकदिन पोखरा एअरपोर्टमा क.प्रचण्ड र क. बाबुरामसँग भीआइपी कक्षमा रहेका बेलाको प्रसंग उप्काएका छन्।
उनले लेखेका छन्, ‘मैले लगाएको पुरानो थोत्रो जकेटले उहाँहरुलाई लज्जाबोध भएछ क्यारे! मुन्टो निहुराएर कुरा गर्नुभो! मैले सुनिरहे! म अलि पर थिएँ। सारमा लगाउन,खान र चल्न नजान्ने भनेर मेरो चर्को आलोचना भयो। मैले नसुने झैं गरेर सुनिरहे कान थापेर। मलाई नमीठो लाग्यो!’ सो घटना पार्टी भर्खरै शान्तिप्रकृयामा आएको बेलाको भएको उल्लेख गर्दै मगरले आफूसँग त्यतिखेर पैसा पनि नभएको उल्लेख गरेका छन्।
‘आर्थिक मितव्ययिता, सादा जीवन उच्च विचार, कडा परिश्रम हाम्रा आदर्श थिए। पार्टीको आदर्श र नीति भन्दा बाहिर जानु मर्नु जस्तो लाग्थ्यो’ उनले लेखेका छन्, ‘आफ्नो आदर्श नेतृत्वले आदर्शकै खिलाफ खिसिटिउरी गरेको सुनेर-भोगेर भनननन…चक्कर आयो, तर,सम्हालिएर बसेँ र अडिएँ। यस्ता चक्कर र घनचक्करहरु दर्जनौं भोगियो! अनि लाग्यो : मेरो पार्टी र आदर्श त उहिल्यै सक्किएछ! म उल्लु रहेछु, धत् मोरा! भनेर आफैँलाई बेस्सरी सरापेर स्वेच्छिक अवकास लिइयो।
‘१० वर्षे जनयुद्धको पूरै समय भूमीगत रहेका र जेलनेल समेत भोगेका मगरले पार्टीप्रति असन्तुष्टि जनाउँदै २०७४ असोजमा पार्टी परित्याग गरेका थिए। २०३७ सालदेखि कम्युनि्ट राजनीतिमा लागेका विष्ट एकपटक पर्यटन तथा नागरिक उड्ययनमन्त्री र एकपटक स्वास्थ्यमन्त्री बनिसकेका छन्। पार्टी छाडेपछि विष्टले काभ्रेको भकुन्डेवेसी र काठमाडौंको साँखुमा जमिन भाडामा लिएर कालोमार्सी धान खेती गरेका थिए। हाल उनी दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरीमा ड्रागन फ्रुटको खेतीमा लागेका छन्।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...