ताजा समाचार

सूर्य नेपाल प्रालिद्वारा कोभिडविरुद्ध लड्न सात प्रदेशलाई रु. ७ करोड सहयोग

काठमाडौं ।  सूर्य नेपाल प्रालिले कोरोना विरुद्ध लडाईमा सहयोग पुर्याउन नेपालका सातवटै प्रदेशलाई रु १ करोडको दरले कूल रु ७ करोड सहयोग उपलब्ध गराएको छ ।

सूर्य नेपाल प्रालिका भाइस प्रेसिडेण्ट (कर्पोरेट) रवि केसीले रु १ करोडका दरले प्रदेश ५ मुख्यमन्त्री शंकर पोखरेल तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई एक समारोह बीच चेक हस्तान्तरण गरे ।

यसैगरी सूर्य नेपाल प्रालि का तनहुँ कारखाना प्रमुख बाबुराम कार्कीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई रु १ करोडको चेक हस्तान्तरण गरे । यस्तै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई पनि सूर्य नेपालका स्थानीय प्रतिनिधिले  १ करोडको चेक हस्तान्तरण गरे ।

यसैगरी अन्य प्रदेशका मुख्य मन्त्रीहरुलाई पनि चेक हस्तान्तरण गरिने सूर्य नेपालले जनाएको छ । सहयोग रकम प्रत्येक प्रदेशका कोरोना कोष अन्तर्गत प्रदेश १ : प्रदेश नं १ कोरोना जनसुरक्षा कोष, विराटनगर, प्रदेश २ : कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथाउपचार कोष, जनकपुर, बागमती प्रदेश : बागमती प्रदेश कोरोनाभाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथाउपचार कोष, हेटौंडा, गण्डकी प्रदेश : कोरोनाभाइरस नियन्त्रण तथा उपचार कोष, पोखरा, प्रदेश ५ कोरोना भाइरस कोभिड १९ नियन्त्रण तथा उपचार कोष, बुटवल,कर्णाली प्रदेश : प्रदेश विपद् व्यवस्थापन कोष, बीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशः कोरोना भाइरस कोभिड–१९ नियन्त्रण तथा उपचार कोष, धनगढीलाई रु १ करोड सहयोग बापत प्रदान गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org