ताजा समाचार

बारामा स्वास्थ्यकर्मी, जनप्रतिनिधिसहित ४६ जनामा कोरोना संक्रमण

काठमाडौं । बारामा ४६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ  ।

नारायणी अस्पतालको प्रयोगशालामा  गरिएको पीसीआर परीक्षणमा ४६ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका निर्देशक डा. मदन उपाध्यायले जानकारी दिए ।

उनका अनुसार ७४ वटा नमुना परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिनेमा ३५ पुरुष र ११ महिला रहेका उनले जानकारी दिए  ।

कोरोना संक्रमण स्वास्थ्यकर्मी, जनप्रतिनिधि, गाउँपालिका कर्मचारी र सर्वसाधारण रहेको अस्पतालले जनाएको छ । संक्रमितलाई कलैयास्थित आइसोलेसनमा राखिने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org