बालुवाटारमा ओली, दाहाल र खनालबीच वार्ता जारी
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री ओलीले एकतर्फीरूपमा स्थायी समिति बैठक स्थगित गरेपछि नेकपा विवादले नयाँ मोड लिएको छ ।
अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरु बैठक सूचारु गर्नु पर्ने भन्दै बालुवाटार पुगेका थिए । तर, बैठकमा ओली नआउने भएपछि सहमतिको प्रयासका लागि भन्दै दाहाल र खनाल ओलीसँग छलफलका लागि पुगेका हुन् ।
बैठक कक्षमा ओली–नेपाल समूहका नेताहरु अनौपचारिक छलफलमा जुटेका छन् । यस्तै उपाध्यक्ष बामदेव गौतम पनि बालुवाटार पुगेको उनका स्वकिय सचिव दिपक टमाटाले बताए ।
‘एक पक्षीय रुपमा बैठक स्थगित भएको रहेछ । हामी बसिरहेका छौं । कोही साथीहरु आउँदै हुनुहुन्छ । तर, बैठक सुरु भएको छैन,’ स्थायी कमिटी सदस्य गोकर्ण विष्टले भने ।
Comments
अरु समाचार
-
संविधान संशोधन गर्न कार्यदलले आन्तरिक रूपमा काम गर्दैछः उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधन प्रक्रिया अघि बढाउने बताएका...
-
एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ । एमाले केन्द्रीय...
-
सार्कलाई सक्रिय बनाउन आबद्ध मुलुकको भूमिका आवश्यक : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले मङ्गलबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री...
-
संविधान संशोधनको विषयमा छलफल प्रारम्भ गरिसकेका छौँः गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ गर्नका लागि हुने बताएका छन्। मंगलबार काठमाडौँमा...
-
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री...
-
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन सरकारको आग्रह
काठमाडौं । सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल...
-
न्याय प्रशासन प्रभावकारी पार्न सरकारी वकिलको क्षमता बढाऔँ: प्रधानन्यायाधीश राउत
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले फौजदारी न्याय प्रशासन प्रभावकारी बनाउन सरकारी वकिलको क्षमता र व्यावसायिकता बढाउन जरूरी रहेको बताउनु...
-
लेखा समिति सभापतिकी श्रीमती अदालत उपस्थित हुनुपर्छ : नेता भट्टराई
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा उपस्थित हुनुपर्ने बताएका छन्...
-
एमाले केन्द्रीय सचिवालय बैठक बुधबार बस्दै
काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय...