ताजा समाचार

कांग्रेस नेता पौडेल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले भेट गरेकी छन् ।

पौडेलले नेपाल र चीनबीचको सुमधुर सम्बन्ध र औपचारिक सम्बन्ध स्थापना भएको ६३ औं वर्ष गाँठको अवसरमा भेट भएको बताएका छन् ।

भेटमा बीपी कोइराला र माओत्से तुङका पालादेखिको नेपाली कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धको विषयमा पनि चर्चा भएको पौडेलले फेसबुकमा उल्लेख गरेका छन् ।

त्यस क्रममा चीन सरकारले कोरोना महामारी नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई कोरोना नियन्त्रणका लागि यथेष्ट सहयोग गर्नेबारे चर्चा भएको पनि पौडेलले जानकारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org