ताजा समाचार

वीरगन्जमा प्रहरी, पत्रकारसहित ७४ जनामा कोरोना देखियो

काठमाडौं । वीरगन्जमा रहेको नारायणी अस्पतालमा आइतबार गरिएको परीक्षणमा थप ७४ जनामा कोरोना देखिएको छ ।

जसमा वडाध्यक्ष, प्रहरी, पत्रकारलगायत रहेको अस्पतालले जनाएको छ । आइतबार बेलुका गरिएको परीक्षणमा कोरोना संक्रमण देखिनेको संख्या बढेको अस्पतालले जनाएको छ ।
श्रीपुरका ४ जना प्रहरी, वीरगन्जकै एकजना पत्रकारलगायत छन् ।

अहिले संक्रमणमा देखिएका कन्ट्याक ट्रेसिङका क्रममा परीक्षण गर्दा पोजेटिभ देखिएको छ । संक्रमण देखिएकामा २० देखि ४० वर्ष उमेर समूहका भएको नारायणी कोभिड व्यवस्थापन समितिका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए ।

उनका अनुसार वीरगन्जको एउटा वडाका मात्रै ४६ जनामा कोरोना देखिएको छ । अहिले अस्पतालमा ६० बढी संक्रमित छन् । ५ जनाको आईसीयूमा उपचार हुँदैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org