ताजा समाचार

बालुवाटारमा ओली–दाहालबीच भेटवार्ता

काठमाडाैँ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ९ दिनको अन्तरालपछि आज (बिहीबार) भेट भएकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने।

पार्टीको शीर्ष तहमा चर्किएको विवादको समाधानका लागि विभिन्न प्रस्तावबारे नेताहरु सहमतिनजिक पुगेको चर्चा भइरहेका बेला दुई अध्यक्षबीच भेट भएको हो।

सो भेटबाट कुनै सहमति हुने संभावना छ की भन्ने जिज्ञासामा थापाले भने, ‘कुराकानी भर्खर सुरु भएको छ, सकारात्मक नै हुनुपर्ने हो, हेरौं।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org