ताजा समाचार

राष्ट्रकवि घिमिरेको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्‍टि

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्‍टि गरिएको छ ।

उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो ।  नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारदसहित उनको अन्त्येष्‍टि गरिएको हो । गत वर्ष शताब्दी वर्ष उमेर पूरा गरेका उनको आफ्नै निवास लैनचौरमा निधन भएको थियो ।

कविता र गीतका माध्यमबाट करोडौँ नेपालीको मन र मस्तिष्क छोएका घिमिरेलाई समालोचकहरु परिष्कारवादी धाराका एकमात्र र अत्यन्त महत्त्वपूर्ण कवि मान्छन् ।  उनका गौरी, राष्ट्रनिर्माता, धर्तीमाता, राजराजेश्वरी, पापिनी आमा, अश्वत्थामालगायत खण्डकाव्य र चैत-वैशाख काव्यसङ्ग्रह चर्चित छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org