ताजा समाचार

काठमाडौंमा निषेधाज्ञा उल्लंघन गर्ने ४३५ जना परे कारबाहीमा

काठमाडाैँ । कोरोना महामारी नियन्त्रणका लागि काठमाडौंमा बुधबार मध्यरातिदेखि लागू निषेधाज्ञा उल्लंघन गर्ने ४३५ जना कारबाहीमा परेका छन्।

महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरका अनुसार बिहान साढे १० बजेसम्म ४३५ जना कारबाहीमा परेका हुन्।

अत्यावश्यक काम नपरी सवारीसाधन तथा पैदल सडकमा निस्किएकालाई ठाउँको ठाउँ उभ्याएर कोरोनाबारे जानकारी गराई छाड्ने गरिएको उनले बताए।

कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्ला प्रशासनले एक साताका लागि एकसाथ निषेधाज्ञा लागू गरेका हुन्। यो निषेधाज्ञा १० भदौसम्म जारी रहने छ।

कारबाहीमा परेकाे तथ्यांक काठमाडौं जिल्लाको मात्रै हो।

५९४ सवारीसाधन नियन्त्रणमा
यस्तै निषेधाज्ञा उल्लंघ गर्दै गुडाइएका ५९४ सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

ट्राफिक महाशाखका प्रवक्ता एसपी वामदेव गौतमले दिएको जानकारीअनुसार बिहान साढे १० बजेसम्म ६९४ सवारीसाधन नियन्त्रणमा लिएका छौं।

यो तथ्यांक भने उपत्यका अर्थात् तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको हो।

‘यी सवारीसाधनमध्ये सबैभन्दा बढी काठमाडौंका छन्, त्यसपछि भक्तपुर र तेस्रोमा ललितपुरका छन्, ’ प्रवक्ता गौतमले भने, ‘जसमा ४३५ मोटरसाइकल छन्, बाँकी अन्य सवारीसाधन।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org