ताजा समाचार

भदौ १६ देखि नियमित हवाई उडान, यात्रुलाई पीसीआर अनिवार्य

काठमाडाैँ । सरकारले सर्तसहित नियमित उडान सुरु गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार पीसीआर परीक्षण सहज भएका देशबाट नेपालीलाई ल्याउनको लागि भदौ १६ गतेबाट नियमित उडान सुरु गर्न लागिएको हो। नियमित उडानको तालिका पर्यटन मन्त्रालयले बनाउने छ। दैनिक ५ सय यात्रु ल्याउने गरी तयारी सुरु गरिएको हो। उक्त उडानमा आउनेहरुसँग ७२ घण्टा अवधिको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ।

नेपाल आएपछि पनि उनीहरु ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने छ। नियमित उडान नहुने देशमा दूतावाशले चार्टड उडान गर्नेछन्। पीसीआर टेष्ट गरेका र नगरेका यात्रु एउटै विमानमा ल्याएमा सबैको क्वारेन्टिन खर्च सम्वन्धित एयरलाइन्सले व्यहोर्नु पर्ने पनि खतिवडाले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org