कोरोना संक्रमित दुईजना थुनुवा अस्पतालबाटै भागे
काठमाडाैँ । कोरोना संक्रमित भई वीरगन्जको कोभिड अस्पतालमा उपचार गराइरहेका २ थुनुवा अस्पतालबाट नै फरार भएका छन्।
नारायणी अस्पतालको अस्थायी कोभिड विशेष अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचार गराइरहेका २ थुनुवा अस्पतालबाट गएराती फरार भएका हुन् । उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक मनोजित कुँवरले बताउनु भयो ।
२०–२५ वर्ष उमेर समूहका दुई युवा आज बिहान २ बजे अस्पतालबाटै फरार भएको उनले बताए। वडा प्रहरी कार्यालय विर्ताको थुनुवा कक्षमा रहेका वीरगन्जको नगुवाका छोटु तिवारी र साविक सर्लाही घर भई हाल वीरगन्जमा नै बस्दै आएका रामु माझी यही साउन १ गते संक्रमित पुष्टि भएका थिए। त्यही समयदेखि उनीहरुलाई आइसोलेशन हुँदै अस्थायी कोभिड अस्पतालमा नै भर्ना गराएर उपचार सुरु गराइरहेको थियो वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पनेरुले बताए।
त्यही क्रममा उनीहरु त्यहीँबाट फरार भएका छन्’, उनले भने, ‘सार्वजनिक मुद्दा चलिरहेका उनीहरु अहिलेसम्म फेला परेका छैनन्। फरार युवाहरुको घर लगायत उनीहरु लुक्न सक्ने विभिन्न ठाउँमा खोजी कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ।
Comments
अरु समाचार
-
केही पहाडी भूभागमा सामान्य बदली, अन्यमा मौसम सफा
काठमाडौँ ,। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको...
-
स्थानीय भन्छन् – झोलुङ्गे पुल त बन्यो अब मोटरेबल पुल कहिले ?
जनकपुरधाम । धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमाथि मोटरेबल पुल निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि पूरा...
-
प्रधानमन्त्री उद्घाटन र शिलान्यासका नाममा मधेस झर्दै
जनकपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनुषा जान लाग्नुभएको छ । उहाँ विभिन्न कार्यक्रममा सरिक हुन बिहान साढे ११ बजे...
-
भोलिदेखि सुरु हुने दादुरा-रुवेलाविरुद्धको खोप सुरक्षित र प्रभावकारी भएको दाबी
काठमाडौँ । आइतवारदेखि सुरु हुने दादुरा–रुवेलाविरुद्धको खोप प्रभावकारी रहेको बताइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले खोप सुरक्षित...
-
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव,आंशिकदेखि साधरणतया बदली
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर मौसममा आंशिकदेखि...
-
दादुरा–रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन हुने
काठमाडौँ । सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ...
-
चिराइतो मूल्य बढ्दो, उत्पादन घढ्दो
काठमाडौं । पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ ।...
-
राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्रमा पुग्यो मतपत्र
काठमाडौं । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत डिजाइन तथा मापदण्डबमोजिमका सबै मतपत्र छपाइ...
-
संस्कृति संरक्षणतर्फ नयाँ पुस्ता आकर्षित
काठमाडौं । पछिल्लो समय थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न...