ताजा समाचार

ताराको ‘गुलेलीमा…’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । गीतकार तारा अधिकारीको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शान थापाको निर्देशनमा तयार भएको ‘गुलेलीमा…’ गीतको भिडियोमा नाजिर हुसेन र जेबिका कार्की फिचर्ड छन् । गीतमा संगीत दिपक शर्माको छ । मेलिना राई र किरण भुजेलको स्वर रहेको गीतलाई साहस शाक्यले एरेन्ज गरेका हुन् ।

नाजिरकै अभिनय रहेको अधिकारीको यो भन्दा अघिको गीत लुकी लुकी चोरी चोरीले जस्तै यो गीतले पनि राम्रो सफलता पाउने आशा गीतकार तारा अधिकारीले राखेकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org