ताजा समाचार

‘नेपालमा कोरोना सुरूवात मात्रै हो, परिस्थिति अझै नराम्रो हुन्छ’:विश्व स्वास्थ्य संगठन

काठमाडौं । नेपाल नोभेल कोरोना भाइरसका संक्रमितको अझै बढ्ने देखिएको विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भ्यानडिलियरले बताएका छन् ।

“केही महिना अगाडिसम्म विदेशबाट आउने व्यक्तिहरुमा मात्र कोरोना संक्रमण देखिएको थियो,”उनले भने, “बीचमा संक्रमित घटेका थिए । तर अहिले केशहरु बढ्न थालेको छन्, जुन हामीले आगामी हप्ता र महिनाहरुमा संक्रमण निकै बढेको देख्‍ने छौं ।”

अहिले कोरोना संक्रमणको सुरुवात मात्र भएको र अझै नराम्रा दिनहरु आउन बाँकी रहेको कुरा मानिसहरुले बुझ्‍नुपर्ने उनले बताएका छन् ।

पहिलो नेपालमा युवाहरुमा कोरोना संक्रमण बढी देखिएको थियो भने अब वृद्धवृद्धामासमेत कोरोना संक्रमण देखिन थालेको डा. जोशले बताए ।

“कोरोनाबाट मृत्यु हुनेमा ज्येष्ठ नागरिकहरु नै बढी रहेका छन्,” उनले भने,“बढी कोरोना संक्रमण देखिएका अन्य देशहरु पनि छन् । समग्र जनसंख्याको १ देखि २ प्रतिशतमा मात्र कोरोना संक्रमण देखिएको छ । नेपाल त्यो अवस्थामा पुगेको छैन्  । अहिले नेपाल ० दशमलव १ प्रतिशतको अवस्थामा छ । ”

केसको संख्या बढिरहेको भए पनि आतिहाल्नुपर्ने अवस्था नरहेको उनले बताए ।

उनका अनुसार अहिले हाम्रो वरिपरी टोलमा संक्रमण देखिँदैमा आत्तिनु पर्दैन । “सबैजना संक्रमित हुने होइन, अधिकांश संक्रमितहरु हुने व्यक्तिमा मन्द लक्षण देखिने हुन्छ तर घातक पनि देखिँदैन्,” उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org