ताजा समाचार

कुलमान घिसिङ भन्छन् : फेक अकाउन्ट खोलेर मेराबारे गलत हल्ला फैलाइयो

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमा आफ्नो नाममा फेक अकाउन्ट खोलेर आफ्नाबारे गलत हल्ला फैलाइएको बताएका छन्।

बुधबार बिहान आफ्नो फेसबुक अकाउन्टमार्फत उनले आफ्नाबारे गलत सूचना प्रवाह गरिएको भन्दै यसबाहेक आफ्नो अर्काे आधिकारिक अकाउन्ट नभएको जानकारी दिएका हुन्।

मंगलबार साँझ घिसिङका नाममा खोलिएका फेक ट्विटर अकाउन्टबाट उनको पुनर्नियुक्तिबारे समाचार भाइरल बनाइएकाे थियाे।

यसैलाई आधार बनाएर कतिपय मूलधारका सञ्चारमाध्यमले समेत समाचार बनाएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org