ताजा समाचार

एउटै गणमा कार्यरत ४९ सशस्त्र प्रहरीमा कोरोना संक्रमण

काठमाडाैँ । सशस्त्र प्रहरी बलको पिलुवास्थित ४० नम्बर रिजर्भ गणमा कार्यरत ४९ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्साका विभिन्न नाका क्षेत्रमा खटिएर पिलुवास्थित गणमा आएका सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको भदौ ७ गते स्वाब संकलन गरी परीक्षणका लागि हेटौडा पठाइएको थियो ।

गणमा कार्यरत एक सय १२ जनाको स्वाब संकलन गरिएको र जसमध्ये ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए । कोरोना संक्रमण देखिएका प्रहरीमा सामान्य लक्षण समेत नरहेको बताइएको छ ।

योसँगै बारामा कोरोना संक्रमितको संख्या आठ सय ६ पुगेको छ । संक्रमित मध्ये ९७ जना कलैयास्थित गंगापुर आइसोलेसन केन्द्र र तीन सय ५० जना घरमा आइसोलेट भएर बसेका छन् ।

संक्रमितमध्ये दुई ९५ जना संक्रमणमुक्त भइसकेका छन् । बारामा मृत्यु भएका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org