ताजा समाचार

विश्वभर १ करोड ७२ लाख ८५ हजारले जिते कोरोनाविरुद्धको युद्ध

काठमाडौं। विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसलाई जित्नेको संख्या बढ्दै गएको छ ।

पछिल्लो तथ्यांकअनुसार  ६९ प्रतिशत संक्रमितले कोरोनालाई जितेका छन् ।अहिले विश्वभरी २ करोड ४८ लाख ९७ हजार २८१ संक्रमित हुँदा १ करोड ७२ लाख ८५ हजार ९०७ जनाले कोरोनालाई जितेका छन् ।

संक्रमितमध्ये ६७ लाख ७० हजार ७४१ जनामा कोरोना भाइरसका एक्टिभ केस छन् । उनीहरुको विभिन्न अस्पतालका आइसोलेसन तथा होम आइसोलेसनमा उपचार भइरहेको छ ।

सक्रिय संक्रमित ६१ हजार २८९ जनाको अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ८२ हजार ७०६ संक्रमित थपिएका छन् । ५ हजार ६६७ जनाले ज्यान गुमाएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले सबैभन्दा धेरै अमेरिकामा छ । अमेरिकामा ६० लाख ९४ हजार ५५७ जना मानिस संक्रमित हुँदा १ लाख ८५ हजार ८७३ जनाले ज्यान गुमाएका छन् । ३३ लाख ७१ हजार ५९२ जनाले कोरोनालाई जितेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org