ताजा समाचार

“प्रधानमन्त्रीले पार्टीको पूर्वनिर्णय यताउता गर्न पाउनुहुन्न”: उपाध्यक्ष गाैतम

- न्युज-नेपालमलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयन होस् : उपाध्यक्ष गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफूलाई राष्ट्रिय सभामा मनोनित गर्ने पार्टीको पूर्वनिर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन् ।

उपाध्यक्ष गाैतमले पार्टीले गत फागुनमै निर्णय गरिसकेको हुनाले आफू राष्ट्रियसभामा जान तयार रहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली भने अर्थमन्त्री डा. युवराज खतिवडालाई राष्ट्रियसभामा पुनः लैजाने अडानमा छन् । तर, गौतमले चेतावनीको भाषामा भने- मलाई राष्ट्रिय सभाको सदस्य बनाउने पार्टीको निर्णय कार्यान्वयन नभएको ६ महिना बितिसक्यो, त्यो निर्णयबाट यताउता गर्न पाइन्न, निर्णय कार्यान्वयन हुनुपर्छ ।

आफूले राष्ट्रियसभामा जान्न नभनेको बताउँदै गौतमले  ‘मैले जान्न भनेको छैन, पार्टीको निर्णय कार्यान्वयन हुनुपर्छ ।’

डा. युवराज खतिवडाको कार्याकाल सकिएका कारण विगत ६ महिनादेखि राष्ट्रिय सभामा एक सीट रिक्त छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने सो सीटमा यसअघि पार्टी सचिवालयले गौतमलाई पठाउने निर्णय गरेको थियो ।

मलाई राष्ट्रियसभामा लैजाने पार्टीको निर्णय यथावत छ, त्यो  पार्टीको तर्फबाट यताउता हुनै सक्दैन । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित हुने तीनजना छन्, त्यो प्रधानमन्त्रीको स्वविवेकीय अधिकार हो भने भनेजस्तो बुझियो, त्यो चाहिँ गलत हो ।

त्यसो भएको हुनाले राष्ट्रियसभामा लैजाने पहिलेको निर्णय कार्यान्वयन हुनुपर्छ । मलाई राष्ट्रियसभामा नलैजाने भन्ने हुँदा पार्टीले फर्मल निर्णय नै गर्नुपर्छ, पहिलेको निर्णय यथावतै छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org