ताजा समाचार

खतिवडा पुनर्नियुक्तिः ओली–प्रचण्डको मत बाझियो

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य पुनर्नियुक्तिका विषयमा नेकपाका दुई अध्यक्षबीच मत बाझिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले अतिवडालाई राष्ट्रिय सभा सदस्यमा पुनः दोहोर्याउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रस्ताव गरेका थिए । तर यसमा दाहाल सकारात्मक नभएको स्रोतले बताएको छ ।

दाहालले भने पार्टी सचिवालयमा छलफल गरेर यस विषयमा निर्णय लिनुपर्ने मत ओलीसँगको छलफलका क्रममा राखेका छन् ।

नेकपामा दुई अध्यक्षको शक्ति संघर्ष मत्थर भएको बताइरहँदा खतिवडाको पुनर्नियुक्तिको विषयले फेरि मत बाझिन थालेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org