ताजा समाचार

चीनसँगको सीमा विवाद साम्य बनाउने सहमति भयोः भारतीय रक्षामन्त्री सिंह

एजेन्सि । भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनसँग सीमा विवाद साम्य बनाउने सहमती भएको बताएका छन्।

भारतको रक्षामन्त्रालयले शनिबार एक विज्ञप्ती जारीगर्दै सीमा विवाद साम्य बनाउने सहमति भएको जानकारी दिएको हो।

उक्त विज्ञप्तीमा सीमा क्षेत्रमा त्यहाँको परिस्थितीलाई जटिल बनाउने कार्य दुवै देशले गर्न नहुने उल्लेख गरिएको छ।

शनिबार चीन र भारतका रक्षामन्त्रीबीच रुसको मस्कोमा दुई घण्टा भेटवार्ता भएको थियो। उक्त भेटमा चिनियाँ पक्षले सीमा विवाद उत्पन्न हुनुको कारण भारत भएको बताएको थियो।

यद्यपी चीनले दुवै देशले शान्ति चाहेको बताउँदै सीमा विवाद दुवै देशले छलफल मार्फत टुंग्याउनु पर्ने धारणा राखेको थियो।

सिंहले सीमा विवाद साम्य बनाउने विषयमा दुवै देशबीच सहमती भएको बताएसँगै हाल जारी दुई देशबीचको तनाव कम हुने अनुमान गरिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org