ताजा समाचार

रुकुम (पूर्व)मा राष्ट्रिय परिचय-पत्र वितरण सुरु

रुकुम –पूर्व/ सर्जना कार्की । रुकुम –पूर्व मा राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम –पूर्व) ले आइतबार (आज) बाट परिचय पत्र वितरण सुरु गरेको हो ।
जिल्लाको भूमे गाउँपालिका वडा नम्बर २ का जेष्ठ नागरिक ७३ वर्षका खमबहादुर बुढालाई परिचयपत्र प्रदान गरेर राष्ट्रिय परिचयपत्र वितरण कार्यको औपचारीक रुपमा उद्धघाटन गरिएको हो । समय बिस्तारै आधुनिकीकरण हुँदै गएको छ । प्रविधि पछ्याउँदै हरेक व्यक्तिको तथ्याङ्कलाई व्यवस्थापन गर्न राष्ट्रिय परिचयपत्र अति महत्वपूर्ण रहेको छ ।

एउटै कार्डले धेरै काम गर्ने प्रमुख जिल्ला अधिकारी राजकुमार राइले बताए । यसै कार्डबाट हरेक कामकाज गर्न सहज हुनेछ । नागरिकको अभिलेखलाई सरकारले डिजिटल गर्ने अभिप्रायले राष्ट्रिय परिचय पत्रको अवधारणा ल्याइएको हो, प्रजिअ राइने भने ।
कागजपत्र हराउने र पानीमा भिज्ने डर हुन्छ तर कार्ड भने पानीमा समेत नभिज्ने हुँदा उपयोगी हुने छ ।

हराएको खण्डमा फेरी निकाल्न सकिने उहाँको भनाई छ । आज पहिलो दिन दुई जनालाई परिचय पत्र वितरण गरिएको छ । अब भनेनागरिकता लिन आउने हरेक व्यक्तिहरुलाई पनि परिचय पत्र वितरण गरिने जिल्ला प्रशासन कार्यालय रुकुम –पूर्व) ले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org