ताजा समाचार

धनुषामा स्थानीय र प्रहरीबीच झडप, प्रहरी निरीक्षक सहित ५ घाइते

धनुषा । धनुषामा स्थानीय र प्रहरीको विवादमा झडममा परिणत हुँदा प्रहरी निरीक्षक सहित पाँच जना घाइते भएका छन्।

धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरमा स्थित औरही खोलामा बगेर आएको सखुवाको काठ लैजाने क्रममा विवाद भएको थियो।

औरही खोलामा बगेर आएको सखुवा काठको गोलिया लैजाने विषयमा आइतबार राति साढे १० बजेतिर प्रहरी र स्थानीयबीच झडप भएको हो। प्रहरी निरीक्षक दीपक राय र प्रहरी जावन रामविश्वास परित घाइते भएको छन। स्थानीय र प्रहरीबीच भनाभनसँगै लाठी चार्ज भएपछि गाउँलेले ढुंगामुढा गर्दा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका २ प्रहरी र तीन जना स्थानीय घाइते भएका हुन्।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी नायब निरीक्षक एमडी मुस्तफाका अनुसार क्षिरेश्वरनाथ नगरपालिका सखुवा महेन्द्रनगर स्थित एक क्लिनिकमा घाइते प्रहरी निरीक्षक र प्रहरी जवानको उपचार भइरहेको छ। प्रहरीको लाठी चार्जबाट भाइते स्थानीय तीनै जनाको उपचार रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा भइरहेको स्थानीयबासीले जानकारी दिएका छन्। घाइते हुनेमा एक जना महिला रहेकी छिन्।

बटेश्वर गाउँपालिका र क्षिरेश्वरनाथ नगरपालिकाको बीचबाट बग्ने औरही खोलामा आइतबार दिउँसो स्थानीय मुसहर समुदायले तीन फिट मोटो सखुवा काठको गोलिया भेटेका थिए। त्यहि गोलिया विषयमा प्रहरीले जानकारी पाएपछि राति ९ बजे तिर नियन्त्रणमा लिन गएको बेला दुवैपक्षबीच झडप भएका हो। प्रहरीे उक्त काठको गोलिया प्ररही कार्यालय लैजाने र स्थानीयले उक्त गोलिया गाउँलेको हुनुपर्ने भनेपछि विवाद भएको थियो। त्यसपछि प्रहरीले ट्रयाक्टरमा राखेको उक्त गोलिया इलाका प्रहरी कार्यालय तर्फ बढाएपछि स्थानीयले ढुंगामुढा गरेको प्रहरीको भनाइ छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org