ताजा समाचार

प्रधानमन्त्री ओली नै चाहँदैनन् कुलमानको पुनःनियुक्ति !

काठमाडाैँ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनःनियुक्ति नचाहेको बताइएको छ ।

ऊर्जा मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले कानुनी छिद्र देखाएर घिसिङलाई पुनः नियुक्ति गर्न चाहेका छैनन् । ऊर्जामन्त्री वर्षमान पुनले आइतबार नै घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव मन्त्रिपरिषद्मा पठाएका थिए ।

तर सोमबार नियमित एजेन्डामा उक्त प्रस्ताव आएन । मन्त्री पुनले सोमबारको बैठकको अन्त्यमा आफ्नो पनि प्रस्ताव रहेको जानकारी प्रधानमन्त्रीलाई गराए पनि कानुनीरुपमा हेरौंला भन्ने जवाफ पाएको स्रोत बताउँछ ।

मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेस गरेको जानकारी गराएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org