ताजा समाचार

लोकसेवा परीक्षा तालिका सार्वजनिक

काठमाडाैँ । कोरोना महामारीका कारण रोकिएका शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षा लोकसेवा आयोगले क्रमशः कात्तिक र मंसिरमा सञ्चालन गर्ने भएको छ।

त्यसका लागि आयोगले परीक्षा तालिका सार्वजनिक गरेको छ। प्रकाशित सूचनाअनुसार शाखा अधिकृतको परीक्षा कात्तिक १८ गते र नायब सुब्बाको परीक्षा मंसिर ८ गते सुरु हुनेछन्।

शाखा अधिकृत वा सो सरह पद तथा नायब सुब्बा वा सो सरह पदका लागि आर्थिक वर्ष ०७६/७७ मा सञ्चालित प्रथम चरणको लिखित परीक्षाबाट छनोट भएका उम्मेदवारको दोस्रो चरण र न्याय सेवातर्फका उम्मेदवारको परीक्षा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय गरिएको लोकसेवाले जनाएको छ।

हेर्नुहाेस्, परीक्षा तालिका-

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org