सम्झना हत्या प्रकरण : बलात्कारपछि त्रिशूलले रोपेर हत्या
काठमाडौँ। असोज ७ गते बुधबार साँझ बझाङको मस्टा गाउँपालिका २ मा गाईबस्तुलाई घाँस हाल्न गएकी १२ वर्षीया सम्झना विकको बलात्कार पछि हत्या भयो ।
घटनाको जानकारी पाएलगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले सम्झनाको पहिले बलात्कार र त्यपछि मन्दिर भित्र रहेको त्रिशूलले रोपेर हत्या गरेको निष्कर्ष निकालेको छ ।
प्रहरीले हत्या आरोपमा पक्राउ परेका स्थानीय १८ वर्षीय किशोर राजेन्द्र बोहोराको बयान र अन्य प्रमाणका आधारमा सम्झनाको बलात्कार पछि त्रिशूलले रोपेर विभत्स हत्या भएको निष्कर्ष निकालेको हो ।
अहिले राजेन्द्रमाथि जबरजस्ती करणी र ज्यान मुद्दा दर्ता भइसकेको छ । घटना लगत्तै अनुसन्धानमा जुटेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले भने, ‘हामीले घटनाको जानकारी पाएलगत्तै सुक्ष्म अनुसन्धान गर्यौं र घटनाको दोषीलाई तत्काल पक्राउ गर्न सफल भयौं । अनुसन्धानका क्रममा पक्राउ परेका अभियुक्तले पहिले बलात्कार र त्यसपछि ढुंगा प्रहार र त्रिशूलले रोपेर हत्या गरेको स्वीकारेका छन् ।’
डीएसपी खड्काका अनुसार प्रहरीले घटनास्थलबाट त्रिशूल समेत बरामद् गरेको थियो । राजेन्द्र यसअघि पनि बलात्कार, चोरीलगायत आपराधिक घटनामा मुछिइसकेका व्यक्ति हुन् ।
कसरी भएको थियो घटना ?
असोज ७ गते बुधबार दिउँसो करिब १२ बजे बझाङको मस्टा गाउँपालिका–२ की सम्झना विकले परिवारसँगै बसेर खाना खाएकी थिइन् । खाना खाएपछि सम्झना घरभन्दा करिब आधा घण्टाको पैदल दूरीको गोठमा वस्तुभाउलाई घाँसपानी गर्ने भन्दै गएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी खड्काका अनुसार उनी गोठ नपुग्दै बीच बाटोमै अपहरणमा परिन् ।
डीएसपी खड्काले भने, ‘अपहरण लगत्तै उनलाई नजिकैको मन्दिरमा लगेर बलात्कार गरियो । बलात्कार पछि उनीमाथि ढुंगा प्रहार र त्रिशूलले रोपेर विभत्स हत्या गरियो ।’
सम्झनाको धारिलो हतियारले टाउको र शरीरमा काटेर हत्या गरेको अवस्थामा मन्दिरभित्र शव फेला परेको थियो । प्रहरीले सम्झनाले घरबाट लगेको डोको नाम्लो र हँसिया सिमदेवताको मन्दिर नजिकै फेला पारेको थियो ।
बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया बालिका सम्झनाको घटना घटेको आठ दिनपछि दाहसंस्कार गरिएको छ । प्रहरीले राजेन्द्र बोहरालाई आरोपीका रुपमा सार्वजनिक गरेपछि बल्ल जिल्ला अस्पतालमा राखिएको बालिकाको शव आफन्तले बुझेका हुन् ।
Comments
अरु समाचार
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...
-
प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ सुरु
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ। अख्तियार...
-
बालिका हत्यामा छिमेकीको हात, ३ महिना पछि खुल्याे रहस्य
काठमाडौं । मोरङको लेटाङ नगरपालिकाकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा मुख्य आरोपी पदम अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...












