दिल्ली आईपीएलको शीर्ष स्थानमा, सन्दीपले मौका पाएनन्
काठमाडाैँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जीत हात पारेको छ ।
सारजाहमा गएराति भएको खेलमा दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको हो ।
सारजाह क्रिकेट मैदानमा दिल्लीले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन मात्र बनाउन सक्यो ।
कोलकत्ताका लागि नितिश रानाले ५८ रनको अर्धशतकीय इनिङ्स खेले भने इयान मोर्गनले ४४ र राहुल त्रिपाठीले ३६ रन बनाए ।
शुबमन गिल २८, आन्द्रे रसेल १३ रनमा आउट हुँदा कप्तान दिनेश कार्तिक ६ रनमा पभेलियन फर्किए ।
दिल्लीका एन्रीच नोर्ट्जेले ३ विकेट लिए भने हर्सल पटेलले २ तथा अमित मिश्रा, मार्कुस स्टोइनिस र कागिसो राबडाले १–१ विकेट लिए ।
दिल्लीका सुरुवाती चार खेलमा नेपाली लेग स्पिनर सन्दीपले भने खेल्ने मौका पाएका छैनन् । तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार चौंथो खेलमा पनि टिममा नपरेका हुन् ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर २ सय २८ रनको विशाल योगफल बनाएको थियो ।
दिल्लीका लागि कप्तान श्रेयस अय्यरले ३८ बलमा अविजित ८८ रन बनाए भने पृथ्वी शाले ४१ बलमा ६६ रनको योगदान दिए । ऋषब पन्तले ३८ रन जोडे भने शिखर धवनले २६ रन बनाए ।
कोलकत्ताका आन्द्रे रसेलले २, वरुण चक्रवर्ती र कमलेस नगरकोटीले एक एक विकेट लिए ।
जितसँगै दिल्ली ४ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कोलकत्ताले ४ खेलमा ४ अंक जोडेर पाँचौ स्थानमा छ ।
Comments
अरु समाचार
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...