ताजा समाचार

भक्तपुरमा सार्वजनिक सवारीभित्र किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

काठमाडाैँ । भक्तपुरमा एक किशोरीमाथि सार्वजनिक सवारीभित्र सामूहिक बलात्कार भएकाे छ ।

भक्तपुर नगरपालिका- ८ मा शुक्रबार बा३ख २६१२ नम्बरको मिनीबसभित्र १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएकाे खुलेकाे हाे ।

लट्ठिने औषधि खुवाएर सुरुमा एक जनाले ल्याएको र त्यसपछि अन्य दुई जनाले बसभित्र बलात्कार गरेको खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी तारा थापाले जानकारी दिइन् ।

सुरुमा रत्नपार्कबाट भक्तपुर पुर्‍याउने एक जना फरार रहेको र पछि बलात्कार गर्ने दुई जना पक्राउ परेको थापाले बताइन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी गाँउपालिका–१० का २२ वर्षीय नीरकुमार खड्का र सिन्धुपालचोककै सुरेश श्रेष्ठ छन् ।

किशोरी पनि सिन्धुपाल्चोककै रहेको प्रहरीले जनाएकाे छ । फरार एक जनाको खोजी भइरहेकाे भक्तपुर प्रहरीको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org