संसार निकै जटिल अवस्थाबाट गुज्रिँदैछ: डब्लुएचओ
एजेन्सी । विश्व स्वास्थ्य संगठनले विश्वको कुल जनसंख्याको १० प्रतिशत जनसंख्या कोरोनाभाइरसबाट संक्रमित भएको जनाएको छ ।
डब्लुएचओका आपतकालिन प्रमुख डा.माइकल रायनले सोमबार सो जानकारी दिएका हुन् । उनका अनुसार विश्वभर अब १० जना बराबर १ जना संक्रमित हुन सम्भावना देखिदै गएको छ । यसको अर्थ विश्वको ठूलो जनसंख्या कोरोना महामारीको खतरामा पर्ने देखिएको छ ।
उनकाअनुसार सहरी, ग्रामीण र केही समूहमा देखिएको संक्रमणको आँकडा भने फरक–फरक हुनसक्छ । उनले सतर्कताबाट मात्र धेरैको ज्यान बचाउन सकिने जानकारी दिएका छन् । पछिल्लो तथ्याँकअनुसार अहिले विश्वको कुल जनसंख्या ७ अर्ब ६० करोडभन्दा माथि भएको अनुमान छ । डब्ल्युएचओका अनुसार त्यसमध्ये अहिले ३.५० करोड मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् ।
दक्षिणपूर्वी एसियामा संक्रमित बढे
पछिल्ला दिन दक्षिणपूर्वी एसियामा पनि संक्रमण बढिरहेको छ । यद्यपि, युरोप र पूर्वी भूमध्यसागरीय क्षेत्र वरिपरि भने मृत्यु हुनेको संख्यो धेरै देखिएको छ । तर अफ्रिका र पश्चिमी प्रशान्त क्षेत्र वरिपरि भने स्थिति राम्रो रहेको डब्लुएचओले जनाएको छ ।
डा.रायनले विश्वभर महामारी बढिरहेकोले सबैले सतर्क रहनुपर्ने चेतावनी दिएका छन् । उनका अनुसार संसार अझै केही समय निकै गाह्रो अवस्थाबाट गुजिँ्रदैछ ।
Comments
अरु समाचार
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...
-
नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित...
-
वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छः परराष्ट्रमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ठ छिमेकीका साथै आपसी मैत्री र सहयोगको लामो इतिहास रहेको...
-
भारतमा आँधीका कारण १४ जनाको मृत्यु
काठमाडौं । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी र वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु हुनुका साथै...