अप्रेसन ‘रक्स’ : हेलमेटकै ‘क्लु’ले पत्ता लाग्यो सुडाल हत्याकाण्ड
काठमाडौं। भक्तपुरको चाँगुनारायण ८ सुडालमा चन्द्रबहादुर योञ्जनको हत्या घटनामा सलग्न तीन जनालाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।
घटनाको एक सातापछि राजधानीका विभिन्न स्थानबाट प्रहरीले तीन जनालाई प्रकाउ गरी मंगलबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ का ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, सिन्धुपाल्चोकको चौतारा बतासे नगरपालिका २ का २३ वर्षीय रमेश तामाङ र रामेछापको धोवी गाउँपालिका ५ का २७ वर्षीय प्रेम तामाङ रहेका छन्।
घटना के थियो ?
रामेछापको सोनापति गाउँपालिका ३ का चन्द्रबहादुर योञ्जनले रकम तिर्न आनाकानी गरेपछि उनको हत्या भएको खुलेको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका ८ बस्दै आएका योञ्जनले आफूलाई रकम तिर्न बाँकी रहेको र त्यही रकम अशुल गर्न कुटपिट गरेको शेर्पा भन्ने कामी लामाले बताएका छन्।
कामी लामा र चन्द्रबहादुर मिलेर जग्गा दलालीको काम गर्दै आएका थिए।
जग्गा कारोबारकै क्रममा चन्द्रबहादुरले कामीसहितका व्यक्तिलाई करिव १६ लाख रुपैयाँ दिन बाँकी रहेको तर उनले त्यो रकम लामो समयदेखि नदिएपछि कामीले उनलाई कुटपिट गरेर रकम असुल्न अन्य व्यक्तिको प्रयोग गरेको खुलेको छ ।
रमेश र प्रेमले कुटपिट गर्दा गम्भीर घाइते भएका चन्द्रबहादुरको असोज २२ गते उपचारका क्रममा मृत्यु भएको थियो ।
कामीले आफ्नो रकम असुल्नकै लागि रमेशलाई समेत बोलाएका थिए।
असोज १८ गते उनीहरुले मृतक योञ्जनको घर पहिचान गरी नयाँ बस्तीमा बसेर योजना बनाएको अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए।
असोज २१ गते रमेश र प्रेम मोटरसाइकलमा भक्तपुर गएर कामी लामालाई भेटेका थिए। दिउँसोको करिब साढे ४ बजे चन्द्रबहादुरको पसलमा गएर उनीहरुले वियर खाएका थिए।
त्यही क्रममा उनीहरुले आफन्तलाई जग्गा चाहिएको बताए। जग्गा बिक्रीबाट आउने फाइदा भने बाँड्नु पर्ने शर्त राखे। योञ्जनसहित उनीहरु जग्गा हेर्ने बहानामा बिडोलफाँटतर्फ गए।
एकान्तमा रहेको धानखेतमा पुगेपछि उनीहरुले कुटपिट गर्न थाले। अनुहार, छाती र पेटमा लात्तीले हानेर योञ्जनलाई घाइते बनाए। योञ्जनले लगाएको २ तोला २ लालको सुनको ब्रासलेट र मोवाइल समेत लुटेर उनीहरु फरार भएका थिए।
चन्द्रबहादुरको भने ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा भोलिपल्ट (२२ गते) मृत्यु भएको थियो ।
यसरी पक्राउ परे अभियुक्त
अभियुक्त पल्सर एनएस–२०० सीसीको मोटरसाइकलमा त्यहाँ पुगेका थिए ।
चन्द्रबहादुरले पसलमा सिसिटिभी राखेका रहेछन् । सिसिटिभीमा अभियुक्तको हेलमेट देखियो । सो हेलमेटमा अंग्रेजी अक्षर लेखिएको थियो–‘आर.ओ.एक्स ।’
हत्यामा संलग्नले बियर पिउँदा टेबलमा हेलमेट राखेर बसेका थिए । प्रहरीले ‘रक्स’ हेलमेटको क्लू बनाएर अनुसन्धान अगाडि बढायो ।
‘अप्रेसन रक्स नाम राखेर हामीले अनुसन्धान द्रुत गतिमा अगाडि बढायौं’ महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले भने–‘हत्या भएको छैटौं दिनमा हामी आरोपीलाई पक्रन सफल भयौं ।’
‘रक्स हेलमेट’ लगाउने मोटरसाइकल चालकमथि प्रहरी अनुसन्धान केन्द्रित थियो ।
बौद्ध नयाँ बस्तीमा जिम गर्ने युवाहरुले सो हेलमेट लगाउँथे । मृतकको घरको सिसिटिभी र भक्तपुरस्थित नगदेशको सिसिटिभीमा देखिएको फुटेजबाट प्रहरीले हुलिया पत्ता लगाइसकेको थियो ।
सोमबार साँझ बौद्ध नयाँ बस्तीबाट महाशाखाको टोलीले सिन्धुपाल्चोक चौताराका रमेश तामाङ ‘ज्वाला’ र रामेछापको लिखु तामाकोशी–५ घोवीका प्रेम तामाङलाई नियन्त्रणमा लियो ।
हेलमेट त्यही थियो, हुलिया पनि मिल्यो अनि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
Comments
अरु समाचार
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारी पूर्पक्षका लागि थुनामा
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का विवादास्पद छवीका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश...
-
प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ सुरु
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ। अख्तियार...
-
बालिका हत्यामा छिमेकीको हात, ३ महिना पछि खुल्याे रहस्य
काठमाडौं । मोरङको लेटाङ नगरपालिकाकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा मुख्य आरोपी पदम अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...












