ताजा समाचार

कक्षा १२ को परीक्षा सुरू, चारलाख बढी सहभागी

काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरू भएको छ ।

कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको परीक्षा आजदेखि सुरू भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षामा देशभरिका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरु सहभागी भएका छन् ।

४० नम्बरको पूर्णांकको लागि भइरहेको परीक्षामा बिहान ८ बजेबाट सुरु भइडेढ घण्टामै सकिएको छ । थप ४० नम्बर कक्षा ११ र २० नम्बर कक्षा १२ को आन्तरिक मूल्याङ्कनबाट जोडिनेछ ।

यसपटक विद्यार्थीले आफू पढेकै विद्यालयमा परीक्षा दिन पाएका हुन् । गाउँघर गएका विद्यार्थीले भने पायक पर्ने स्थानमै रहेको परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् ।

सबै परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड पालना गरी परीक्षाको तयारी गरेको बोर्डले जनाएको छ । हेल्थ डेस्क राखेर सामाजिक दूरी कायम गरी, थर्मल गनले विद्यार्थीको ज्वरो जाँचेर मात्र परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश गर्न दिइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org