चिनियाँ रक्षामन्त्रीको व्यस्त भ्रमण तालिका
काठमाडाैँ । मंसीर १४ गते आइतबार सम्भवतः बिहान ११ बजेतिर त्रिभुवन विमानस्थलमा उत्रिएपछि चिनियाँ रक्षामन्त्री वेई फङ्गह सोझै बालुवाटारस्थित चिनियाँ दूतावास,बालुवाटार जाने कार्यक्रम रहेको उच्च स्रोतले बताएको छ ।
चिनियाँ समयअनुसार त्यतिबेला बेइजिङ्गमा दिउँसो १ बजेको हुन्छ । काठमाडौंका कुनैपनि होटलमा चिनियाँ पाहुनाको लागि खानाको अर्डर नगरिएकाले दूतावासभित्रै लञ्चसहित आरामको व्यवस्था रहेको अड्कल लगाइएको छ ।
दिउँसो दुई बजेपछि मात्र वेईको औपचारिक भेटघाटको तालिका बनाइएको छ । औपचारिक भेटघाटमा चिनियाँ रक्षामन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेट गर्नुहुनेछ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटको लागि उहाँ नजिकै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जानुहुनेछ । यतिखेर रक्षा मन्त्रालयको जिम्मेवारी समेत प्रधानमन्त्रीसँगै रहेको छ ।
वेईको भ्रमणको लागि लियाजो अफिसरको रूपमा नेपाली सेनाले आर्मी स्टाफ कलेजका मेजर जनरल बालकृष्ण कार्कीलाई खटाएको छ ।
रक्षामन्त्री वेईसँग प्रधान सेनापति पूर्णचन्द्र थापाले जंगी अड्डा,भद्रकालीमा भेट गर्ने कार्यक्रम रहेको बताइन्छ । औपचारिक भेटघाट सकिएपछि उहाँ राती सोझै विमानस्थल जानुहुनेछ । चिनियाँ रक्षामन्त्री काठमाडौंबाट बंगलादेश र त्यसपछि पाकिस्तान जाने कार्यक्रम रहेको बताइन्छ ।
वेईको भ्रमणको लागि लियाजो अफिसरको रूपमा नेपाली सेनाले आर्मी स्टाफ कलेजका मेजर जनरल बालकृष्ण कार्कीलाई खटाएको छ । अरु देशबाट विशिष्ट अतिथि आउँदा नेपाली सेनाले सामान्यतयाः त्यहि देशबाट नेशनल डिफेन्स कोर्स वा सिनियर कोर्ष पूरा गरेका अधिकृतलाई नै खटाउने गर्छ । कार्कीले पनि चीनबाट उक्त कोर्स पूरा गरेका हुन् ।
Comments
अरु समाचार
-
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु
काठमाडौं । सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । 'दुर्भाग्यवस उहाँ जेलको...
-
इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु
काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको...
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...