ताजा समाचार

दश करोड अमेरिकनलाई सय दिनभित्र कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने बाइडेनको घोषणा

एजेन्सि । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफूले कार्यभार सम्हालेको सय दिन भित्रमा दश करोड अमेरिकनलाई कोरोनाविरुद्धो भ्याक्सिन उपलब्ध गराउने घोषणा गरेका छन्। बाइडेनले कोभिड-१९ महामारीविरुद्ध लड्न तीन बुँदे योजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।

सबैले मास्क लगाउनुपर्ने, विद्यालयहरु पुन खोलिने पनि उनको प्राथमिकतामा परेका छन्। यी कदमले महामारीको कोर्स बदलिनसक्ने विश्वास उनले लिएका छन्।

 

बाइडेनले अहिले सबैलाई अनिवार्य मास्क लगाउन अनुरोधसमेत गरेका छन्। उनले भनेका छन्, ‘म अमेरिकाको नयाँ राष्ट्रपतिका रुपमा अमेरिकी जनतालाई भन्दैछु। सय दिनसम्म मास्क लगाउनुहोला। आफैले आफैलाई सहयोग गर्नुहोला। आफ्नो परिवार र समुदायलाई सहयोग गर्नुहोला। हामीले कार्यभार सम्हालेको सय दिनसम्म मास्क लगाउनुहोला।’

अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले कोरोनाविरुद्धको भ्याक्सिनमा अमेरिकनलाई प्राथमिकता दिने गरी कार्यकारी आदेश जारी गरेकै दिन बाइडेनको योजना सार्जजनिक भएको हो। ट्रम्पले अरु देशलाई सहयोग गर्नुअघि सबै अमेरिकीलाई भ्याक्सिनको पहुँचमा पुर्‍याउन कार्यकारी आदेश जारी गरेका थिए।

बाइडेनका आफ्नो सुरुको सय दिनमा कोरोनाको महामारी समा बाइडेनले कोरोनाविरुद्ध लड्ने आफ्नो स्वास्थ्य टिमको समेत औपचारिक परिचय गराइसका छन्। बाइडेनले तीनमहिलासहित ७ जनाको टिम घोषणा गरेका हुन्।

बाइडेनले स्वास्थ्यमन्त्री अर्थात् हेल्थ एण्ड ह्युमन सर्भिस सेक्रेटरीमा ल्याटिनो मुलका हाभिर बसेरालाई नियुक्त गर्ने घोषणा गरेका छन् भने युएस सर्जन जनरलमा दक्षिण एसियाली मुलका डाक्टर विवेक मूर्तिलाई नियुक्त गर्ने घोषणा गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org