ताजा समाचार

चीनद्वारा ललितपुर महानगरलाई ३५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

काठमाडाैं । छिमेकी देश चीनको छिङहाई प्रान्तको सिनिङ नगरपालिकाले ललितपुर महानगरपालिकालाई कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

तातोपानी नाका हुँदै सिंनिङ नगरपालिकाले  ३५ लाख बराबरको स्वास्थ्य सामाग्री पठाएको हो । सिंनिङ नगरपालीकाले ललितपुर महानरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री पठाएको हो ।

ललितपुर महानगरपालिकालाई चीनको सिंगीङ नगरपालिकाले मेडिकल प्रोटेखटिभ क्लथ  १००, मेडिकल गगल्स १००० जोडा, एन ९५ मास्क १००० थान, डिस्पोजन सर्जिकल मास्क २६५०० थान , मेडिकल ग्लोब्स १०२०० जोडा र थर्मोमिटर १०० थान उपलब्ध गराएको हो । झण्डै ३५ लाख नेपाली रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री तातोपानी नाका हुँदै नेपाल आएको हो ।

 

चीनले पठाएको स्वास्थ्य सामाग्री चिनियाँ व्यापारी स्याङ्गले तातोपानी पुगेर नेपाल प्रवासी व्यापार संघका प्रतिनिधि मार्फत ललितपुर महानगरपालिकालाई हस्तान्त्रण गरेको जनाइएको छ । उनी नेपालमा लामो समयदेखि विभिन्न निर्माण कार्यमा संलग्न रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org